२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकामा ‘सटडाउन’ अन्त्य हुने संकेत: आज संसद्मा निर्णायक मतदान

अमेरिकामा ‘सटडाउन’ अन्त्य हुने संकेत: आज संसद्मा निर्णायक मतदान

वासिङ्टन- पछिल्ला केही दिनदेखि सुनिरहेको अमेरिकी सरकारको ‘सटडाउन’ (सरकारी कामकाज बन्द) आज अन्त्य हुने सम्भावना बढेको छ। सरकारी खर्च चलाउने विधेयकमाथि आज (मंगलबार) अमेरिकी संसद्मा मतदान हुँदैछ।

खासमा मिनियापोलिसमा आप्रवासी एजेन्टको कारबाहीमा दुई जनाको मृत्यु भएपछि डेमोक्र्याट सांसदहरू र ट्रम्प प्रशासनबिच बजेटमा कुरा मिलेको थिएन। तर, अब सिनेटले अन्य सरकारी कार्यालय चलाउने र गृह मन्त्रालयको विषयमा २ हप्ताभित्र सहमति खोज्ने गरी बाटो खोलिदिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत “अहिले नियम बदल्ने समय होइन, छिटो पास गर” भन्दै दबाब दिइरहेका छन्। उता, विरोध शान्त पार्न गृहमन्त्री क्रिस्टी नोमले एजेन्टहरूलाई अब ‘बडी क्यामेरा’ अनिवार्य गर्ने घोषणा गरेकी छिन्। सभामुख माइक जोनसनले पनि आज कुरा मिल्ने विश्वास लिएका छन्। यदि आज यो पास भयो भने बेतलबी बिदामा बस्नुपरेका कर्मचारीहरू काममा फर्कनेछन्।