६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

एनआरएनए अमेरिकाले न्युयोर्कमा ११६औं नारी दिवस मनाउँदै

एनआरएनए अमेरिकाले न्युयोर्कमा ११६औं नारी दिवस मनाउँदै

न्युयोर्क– गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाले ११६औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ। संघले आउँदो मार्च ७ तारिखमा न्युयोर्कमा विशेष कार्यक्रम गरेर यो दिवस मनाउन लागेको हो।

यस वर्षको नारी दिवसको नारा ‘गिभ टु गेन’ तय गरिएको छ। कार्यक्रम न्युयोर्कको एल्महर्स्टस्थित (75-15 Woodside Ave) सत्य नारायण मन्दिरमा हुनेछ। कार्यक्रम दिउँसो १ बजे सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ।

यो कार्यक्रमको संयोजन एनआरएनए महिला सचिव लक्ष्मी थापाले गरेकी छन्। एनआरएनए अमेरिकाले न्युयोर्क र आसपासमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित हुन निम्तो दिएको छ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारासहित सक्रिय संस्थाले नारीहरूको सम्मान र सशक्तीकरणका लागि यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम भव्य तयारीका लागी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई समेत औपचारिक निमन्त्रणा पठाइसकिएको स्रोतले जानकारी गराएको छ !