२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकामा ट्रम्पविरुद्ध विशाल ‘नो किंग्स’ र्‍याली: ८० लाख मानिस सडकमा

अमेरिकामा ट्रम्पविरुद्ध विशाल ‘नो किंग्स’ र्‍याली: ८० लाख मानिस सडकमा

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभर ‘नो किंग्स’ र्‍यालीको आयोजना गरिएको छ। यस प्रदर्शनमा करिब ८० लाख मानिस सहभागी भएको मिडिया रिपोर्टहरूले जनाएका छन्।

अमेरिकाका सबै ५० वटै राज्यका ३ हजार ३ सयभन्दा बढी स्थानमा एकैसाथ प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार यो संख्या गत अक्टोबरमा भएको प्रदर्शनको तुलनामा १० लाखले बढी हो। यसपटक ६ सयभन्दा बढी थप कार्यक्रमहरू आयोजना गरिएका थिए, जसले ट्रम्प प्रशासनप्रतिको बढ्दो असन्तुष्टि दर्शाउँछ।

प्रदर्शनकारीहरूले विशेष गरी इरानसँग बढ्दै गएको युद्धको अवस्था, सरकारको कडा आप्रवासन नीति र पछिल्लो समय चुलिएको महँगीप्रति कडा आक्रोश पोखेका छन्। विभिन्न सहरहरूमा प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सका विरुद्ध नाराबाजी गर्दै उनीहरूलाई पदबाट हटाउन माग गरेका छन्।

सन् २०२५ को जुन महिनामा पहिलोपटक सुरु भएको यो ‘नो किंग्स’ अभियान अहिलेसम्म तीन पटक राष्ट्रिय स्तरमा आयोजना भइसकेको छ। मार्च २८ मा भएको यो तेस्रो प्रदर्शनले अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।