२४ कार्तिक २०८३, मङ्लबार
10 November 2026, Tuesday

न्युयोर्कका मेयर ममदानीद्वारा नेपाली भाषामै तिहारको शुभकामना

न्युयोर्कका मेयर ममदानीद्वारा नेपाली भाषामै तिहारको शुभकामना

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान क्वामे ममदानीले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई नेपाली भाषामै तिहारको शुभकामना दिएका छन्।

उनले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत “Tihar ko hardik shuvakamana!” लेख्दै पर्वको शुभकामना व्यक्त गरेका हुन्। मेयर ममदानीले आफ्नो सन्देशमा हजारौं नेपाली न्युयोर्कवासीले लक्ष्मीपूजाका लागि दियो बाल्ने र भाइटीका मनाउने कुरा उल्लेख गर्दै भनेका छन्, “यस तिहारले तपाईंहरूमा समृद्धि, शान्ति र आफू पनि यही समाजको अभिन्न हिस्सा भएको (अपनत्वको) अनुभूति दिलाओस्।”

मेयर ममदानीको यो सन्देशले अमेरिकामा रहेको नेपाली समुदाय र उनीहरूको सांस्कृतिक परम्पराप्रतिको सम्मानलाई दर्साएको छ।