एनपिएल क्रिकेट: काठमाण्डु शीर्ष स्थानमा, पोखराको सानदार पहिलो जित
- २३ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाण्डु गोर्खाज शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार भएको खेलमा चितवन राइनोजलाई १० रनले हराउँदै काठमाण्डुले लगातार चौथो जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको काठमाण्डुले रशिद खानको ५२ रनको मद्दतमा १८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर १७० रन मात्र बनाउन सक्यो।
यसैगरी, अर्को खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। पोखराले २० ओभरमा २१७ रनको विशाल योगफल तयार पारेको थियो। पोखराका लागि युवराज सम्राले ४८ बलमै १०२ रनको सानदार शतक बनाए भने कप्तान कुशल भुर्तेलले ६२ रन जोडे। २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै अलआउट भयो।