२४ कार्तिक २०८३, मङ्लबार
10 November 2026, Tuesday

ग्रीसको क्रेट टापु नजिकै आप्रवासी डुङ्गा दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

ग्रीसको क्रेट टापु नजिकै आप्रवासी डुङ्गा दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

ग्रीसको क्रेट टापुको दक्षिणी तटमा आप्रवासीहरू बोकेको एउटा डुङ्गामा शवहरू फेला परेको घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

सोमबार, नोभेम्बर ९ मा ग्रीसको कोस्ट गार्डले क्रेटको अगिया गालिनी बन्दरगाहमा आप्रवासीहरूको शव ल्याएको थियो। उद्धारकर्मीहरूले दुर्घटनामा ज्यान गुमाएकाहरूको शवलाई कोस्ट गार्डको जहाजबाट निकालेका थिए। यसअघि उक्त डुङ्गाबाट १२ जनाको शव निकालिएको र १८ जनालाई जीवितै उद्धार गरिएको तस्बिरहरू सार्वजनिक भएका थिए।

युरोप प्रवेश गर्ने आशमा रहेका आप्रवासीहरू सवार डुङ्गा दुर्घटनामा परेको हो। हालैका दिनहरूमा क्रेट टापु नजिक आप्रवासीहरू चढेका विभिन्न डुङ्गाहरू दुर्घटनामा परेका छन् र दर्जनौँको ज्यान गइसकेको छ। लिबियाबाट क्रेटसम्मको समुद्री बाटो युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि सबैभन्दा व्यस्त र जोखिमपूर्ण रुटमध्ये एक मानिन्छ।