२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा  रात्रिभोज आयोजना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गर्नु भएको छ।

सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत नेपालका उच्चपदस्थ व्यक्तिहरू सहभागी हुनुहुन्छ।

राजा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुग्नु भएको हो। उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो।