बालबालिका र गर्भवतीलाई इनर्जी ड्रिङ्क्स नपिउन आग्रह
- ११ कार्तिक २०८३
- १ मिनेटको पढाई
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती, सुत्केरी र मधुमेहका बिरामीलाई इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ। क्याफिनले असर गर्ने व्यक्तिलाई पनि यो नखान विभागले भनेको छ।
सामान्य मानिसले पनि दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स पिउन नहुने विभागले बताएको छ। यसलाई पानी, जुस र दूधको सट्टामा प्रयोग नगर्न र अरु झोल पदार्थमा मिसाएर नखान पनि भनिएको छ।
नेपालमा अहिले १७ वटा कम्पनीले इनर्जी ड्रिङ्क्स बनाइरहेका छन्। विभागका अनुसार यसको एउटा क्यानमा १०० मिलिग्राम क्याफिन हुन्छ। स्वस्थ मानिसले दिनमा ४०० मिलिग्रामसम्म मात्र क्याफिन खान मिल्छ।
कम्पनीहरूलाई नियम मानेर मात्र विज्ञापन गर्न र बट्टामा चेतावनी सन्देश प्रस्ट लेख्न विभागले निर्देशन दिएको छ। नियम नमान्नेलाई कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ।