११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

न्युयोर्कमा ‘सिन्धु दीपावली साँझ’ आयोजना हुने, असहाय बालबालिकाको शिक्षामा जुटाइने सहयोग

न्युयोर्कमा ‘सिन्धु दीपावली साँझ’ आयोजना हुने, असहाय बालबालिकाको शिक्षामा जुटाइने सहयोग

न्युयोर्क- सिन्धु युएसए वेलफेयर सोसाइटीले न्युयोर्कमा भव्य ‘दीपावली साँझ २०२६’ आयोजना गर्ने भएको छ। ‘जीवनका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आगामी नोभेम्बर ७ तारिखमा यो कार्यक्रम हुन लागेको हो।

संस्थाले लामो समयदेखि नेपालको सिन्धुपाल्चोकका अनाथ तथा असहाय बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिँदै आएको छ। यही अभियानलाई निरन्तरता दिन र नेपालका अनाथ बालबालिकाको शिक्षामा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।

दीपावली साँझ न्युयोर्कस्थित गुलसन टेरेस हलमा हुनेछ। यस कार्यक्रममा उपस्थित भएर असहाय बालबालिकाको सुनौलो भविष्य निर्माणमा सहयोग गर्न संस्थाले न्युयोर्कमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ।