एनपिएल क्रिकेट : चितवन र कर्णालीको सानदार जित
- १० कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले हरायो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रनमै अलआउट भयो। चितवनको जितमा डेविड मलानले ७० रन बनाए भने बलिङतर्फ कमल सिंह ऐरीले ४ विकेट लिए।
त्यसैगरी दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। कर्णालीका लागि ब्याटिङमा अरिफुल इस्लामले ४३ रन जोडे भने हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए।