९ कार्तिक २०८३, सोमवार
26 October 2026, Monday

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपिएलको तेस्रो संस्करण उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपिएलको तेस्रो संस्करण उद्घाटन

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात गरे।

प्रतियोगिताको पहिलो खेल आज साँझ ५ बजेदेखि सुरु भएको छ। उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

यो क्रिकेट प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।