९ कार्तिक २०८३, सोमवार
26 October 2026, Monday

नोबेल शान्ति पुरस्कार नपाएको झोकमा ट्रम्पद्वारा नर्वेको कडा आलोचना

नोबेल शान्ति पुरस्कार नपाएको झोकमा ट्रम्पद्वारा नर्वेको कडा आलोचना

न्युयोर्क- राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार नदिएको भन्दै नर्वेको कडा आलोचना गरेका छन्। मिचिगनको पोर्ट ह्युरनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले नर्वेलाई ‘फोहोर राज्य’ (शिट हाउस कन्ट्री) को संज्ञा दिँदै त्यहाँका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका हुन्।

यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश तथा राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नवी पिल्लाईलाई दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले उक्त निर्णय ‘लज्जास्पद’ भएको टिप्पणी गरे। पुरस्कार आफूले पाउनुपर्ने दाबी गर्दै उनले भने, “मैले नोबेल पुरस्कार पाइनँ, त्यसैले म नर्वेबाट कोही पनि चाहन्नँ।”

ट्रम्पको यस अभिव्यक्तिको जवाफ दिँदै नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइडेले नोबेल समिति पूर्ण रूपमा स्वतन्त्र रहेको स्पष्ट पारेका छन्।

सन् २०२५ मा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले नोबेल पुरस्कार जित्ने चाहना खुल्ला रूपमा व्यक्त गर्दै आएका थिए। ट्रम्पले नर्वेका आप्रवासीबारे यस्तो टिप्पणी गरे पनि यससम्बन्धी कुनै आधिकारिक अमेरिकी नीति भने बनेको छैन। यसअघि सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले हैटी र केही अफ्रिकी देशहरूप्रति यस्तै अश्लील टिप्पणी गरेका थिए।