एनपिएल क्रिकेट: उद्घाटन खेलमा लुम्बिनीद्वारा सुदूरपश्चिम ७ विकेटले पराजित
- ०९ कार्तिक २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीलाई जिताउन ओपनर डार्सी सर्टले १८ बलमा ४० रन र आसिफ शेखले ३२ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे भने अनिल खरेलले अविजित १५ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका बलर किशोर महतोले उत्कृष्ट बलिङ गर्दै चार र शेर मल्लले तीन विकेट लिए।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको यो प्रतियोगिता मङ्सिर ५ गतेसम्म चल्नेछ। भोलि पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।