५ कार्तिक २०८३, बिहिबार
22 October 2026, Thursday

एनपिएल क्रिकेट: सबै खेलले पाए आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता

एनपिएल क्रिकेट: सबै खेलले पाए आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता

आगामी कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्सिर ५ गतेसम्म चल्ने यस प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गर्दै छन्। आइसिसीको यो मान्यतासँगै अब एनपिएलमा खेलाडीहरूले गरेको प्रदर्शनलाई आधिकारिक टी–२० तथ्याङ्कमा समावेश गरिनेछ।

यस उपलब्धिले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान बढाउन थप मद्दत पुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताए।