२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अब कम बोल्छु, कामले नै धेरै कुरा बोल्छ : रवि लामिछाने

अब कम बोल्छु, कामले नै धेरै कुरा बोल्छ : रवि लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब सार्वजनिक रुपमा कम बोल्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दै पार्टी सभापतिसमेत रहेका लामिछानेले आफूले रणनीति परिवर्तन गर्न लागेको बताए।

‘अब स्ट्राटेजी चेन्ज गर्दैछु। अब म कम बोल्छु । आफूले धेरै बोल्ने भन्दा कामले धेरै बोलोस् भन्ने लागेर सकभर कम बोल्ने पक्षमा छु।’ लामिछानेले भने, ‘बोली र मबीचको नाता दुईतिरै धार भएको तरबारजस्तो छ, कहिलेकाहिँ बोलीले बडो बिबादमा पर्छ। त्यसैले यसलाई नियन्त्रण गर्ने सोचमा छु।’

उनले कार्यकर्तालाई पनि आफूले कम बोलोस् भन्ने लागिरहेको तर व्यक्त गर्न नसकेको बताए।