२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्ने

एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्ने

न्युयोर्क- एबीसी न्यूजले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दाको सजायस्वरुप १५ मिलियन जरवाना तिर्नेछ।

एबीसी न्यूजका स्टार एन्कर जर्ज स्टेफानोपोलोसले यस वर्ष मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको टिप्पणी गरेका थिए।

रकम हस्तान्तरणसँगै एबीसी न्यूजले पनि दुःख व्यक्त गर्दै विज्ञप्ति प्रकाशित गर्ने जनाइएको छ । यसबाहेक एबीसीले ट्रम्पको कानुनी शुल्कका लागि १ मिलियन डलर पनि दिनेछ।

एबीसी न्यूजका प्रवक्ताले भने, ‘कम्पनी मुद्दा खारेज गर्न सम्झौता गरेकोमा खुशी छ।’