७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

५२ केजीको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

५२ केजीको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

३७ इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहितको सहभागीहरुले श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र बुद्धिस्ट झन्डा, बुद्ध नेपालमा जन्मिएको सन्देशसहितका प्लेकार्ड, र बाजा गाजासहितको केही समयको र्यालीपश्चात सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाद्धारा बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजापाठ गरेका थिए ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व. धर्मबहादुर शाक्यले बुद्ध जन्मस्थल विषयमा सृर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभियानको उद्देश्य प्राप्ती कार्यमा राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने विश्वको महत्वपूर्ण स्थान वा निकायमा नेपाली कलाको समेत प्रवर्द्धन गर्ने अभिप्रायले अभियानमार्फत स्थापित गर्ने चाहना राखेका थिए ।

अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईलगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधिर शाक्य, अनन्त राज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानलाई धन्यवाद दिँदै सम्मानपत्र विश्व संयोजक श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।