१० असार २०८३, बुधबार
24 June 2026, Wednesday

दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै ‘जोडी खोजिदिने कार्यक्रम’मा सक्रिय

दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै ‘जोडी खोजिदिने कार्यक्रम’मा सक्रिय

न्युयोर्क- विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो।

अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले डेटिङ कार्यक्रम आयोजना गर्न थालेको छ।

अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ।

जोडी मिलाइदिन भइरहेका यस्ता अस्वाभाविक शैलीले दक्षिण कोरियामा विवाह र जन्मदर बढाउने सरकारले कार्यक्रम अघि सारेको छ।