३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

टर्कीमा नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु

टर्कीमा नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु

न्युयोर्क- टर्कीयेको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ। २० जना अझै सघन उपचार कक्षमा रहेको स्थानीय एनटिभीले शुक्रबार जनाएको छ।

१३ जनालाई पक्राउ गरिएको छ। अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो। अन्य शहरहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएका छन्।

इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तिमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो। जसमा ३८ जनाको मृत्यु भएको थियो। धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ। जुन अवैध मदिरा उत्पादनहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ। टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्ने प्रयासहरू तीव्र पारेका छन्।