२६ भदौ २०८३, शुक्रबार
11 September 2026, Friday

हमासले आज यी तीनजनालाई रिहा गर्दै

हमासले आज यी तीनजनालाई रिहा गर्दै

न्युयोर्क- हमासले रिहा हुने थप ३ बन्दीको नाम सार्वजनिक गरेको छ। शनिबार रिहा हुन लागेका तीनै जना पुरुष हुन्। रिहा हुने सूचीमा एली शराबी, ओहद बेन अमी र ओर लेवी छन्।

हमासले जनवरी १९ मा युद्धविराम शुरु भएदेखि अहिलेसम्म १८ जना बन्धकहरूलाई मुक्त गरेको छ। यस्तै इजरायलले ३८३ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ। इजरायलले तीन बन्दी फिर्ताको सट्टामा आज १८३ जनालाई फिर्ता गर्ने बीबीसीले जनाएको छ।

तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा ३३ बन्धक र एक हजार ९०० कैदी रिहा गने तालिका छ।