२६ भदौ २०८३, शुक्रबार
11 September 2026, Friday

नर्वेमा रकेट प्रक्षेपण असफल

नर्वेमा रकेट प्रक्षेपण असफल

ओस्लो- नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ। करिब ३० मिटर अग्लो र ५० टन तौलको रकेटको दुर्घटनामा कसैलाई चोटपटक लागेन।

एंडोया स्पेसले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता भएको जनाएको छ।

युरोपको पहिलो व्यावसायिक अन्तरिक्ष उडान हुने अपेक्षा गरिएको यो प्रक्षेपण खराब मौसमका कारण यसअघि धेरै पटक स्थगित भएको थियो। अधिकारीहरूका अनुसार नयाँ प्रविधिको परीक्षणक्रममा यस्ता असफलता सामान्य हुन् ।