३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

दोहा – हमास र इजरायलबीचको अप्रत्यक्ष वार्ता शनिबार कतारको राजधानी दोहामा पुनः सुरु भएको छ ।

हमासका वरिष्ठ अधिकारी महमूद मर्दावीका अनुसार गाजापट्टीमा युद्धविराम गर्न र बन्धक आदानप्रदान सम्झौतालाई अन्तिम रूप दिन कतारी र अमेरिकी मध्यस्थतामा वार्ता भइरहेको बताए।

यसैबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले शनिबार हमाससँग वार्ता पुनः सुरु भएको पुष्टि गरे । हमास वार्ताको टेबलमा फर्कनुले अहिलेसम्म गरेका अस्वीकारहरुलाई परिवर्तन गर्ने संकेत गरिएको छ ।

इजरायली सार्वजनिक रेडियो कानका अनुसार दोहामा छलफल भइरहेको हालको प्रस्तावमा डेढ देखि दुई महिनासम्मको युद्धविरामको बदलामा लगभग १० वा सोभन्दा बढी बन्धकहरू रिहाइ हुनुपर्ने मुद्दा समेटिएको छ ।

सम्झौता अनुसार इजरायलले लगभग २०० देखि २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। एक इजरायली अधिकारीले शनिबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौताको निष्कर्षलाई प्रवद्र्धन गर्न इजरायली वार्ता टोलीलाई सोही दिन अस्थायी रूपमा कतारमा बस्न निर्देशन दिएको बताए।

जनवरीमा, इजरायल र हमासले गाजा पट्टीमा युद्धविराम सम्झौतामा पुगेका थिए । तर दोस्रो चरणको युद्धविराम वार्ता अगाडि बढ्न सकेको थिएन् ।

अमेरिकी सरकारले प्रस्ताव गरेको युद्धविराम योजनालाई हमासले अस्वीकार गरेको थियो । त्यसपछि इजरायलले मार्च १८ देखि गाजा पट्टीमा ठूलो मात्रामा हवाई आक्रमण र स्थलगत कारबाही पुनः सुरु गरेको थियो।