३० जेष्ठ २०८३, शनिबार
13 June 2026, Saturday

लाल सागरमा कार्गाे जहाजमाथि हमला हुँदा चालक दलका दुई सदस्यको मृत्यु

लाल सागरमा  कार्गाे जहाजमाथि हमला हुँदा चालक दलका दुई सदस्यको मृत्यु

न्युयोर्क-  यमनको तटमा रहेको लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाज इटरनिटी सीमा आक्रमण भएको छ, जसमा दुई चालक दलका सदस्यको मृत्यु भएको छ।

‘अन्तर्राष्ट्रिय समुद्री संगठन’ का लागि लाइबेरियाका प्रतिनिधिले जहाजमाथि क्रूर आक्रमण भएको र दुई नाविकको मृत्यु भएको बताए।

बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाहरूबाट प्रहार गरिएका रकेट-प्रोपेल्ड ग्रेनेडबाट जहाज क्षतिग्रस्त भएको जानकारी दिएको छ। आक्रमणपछि जहाज समुद्रमा ढल्केको थियो।

रोयटर्सका अनुसार, इटरनिटी सी जहाजमा फिलिपिन्सका २१ र रुसका एक जना सहित कुल २२ जना चालक दलका सदस्यहरू छन्। अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।