न्यू जर्सीमा ICE को छापा: २० अवैध आप्रवासी पक्राउ, ‘अब सुरक्षित ठाउँ छैन’ चेतावनी
- २९ असार २०८२
- १ मिनेटको पढाई
न्यू जर्सी — अमेरिकी आव्रजन निकाय ICE र CBP ले संयुक्त रूपमा न्यू जर्सीको एडिसनस्थित Alba Wine and Spirits Warehouse मा छापा मारी २० अवैध आप्रवासीलाई पक्राउ गरेको छ।
यो छापा जुलाई ८ तारिख बिहान 31 Saw Mill Pond Road मा अवस्थित ३ लाख वर्गफुट क्षेत्रफल भएको गोदाममा गरिएको हो। यो गोदाम उच्च मूल्यका र ताप-नियन्त्रित वस्तुहरूको भण्डारण केन्द्र हो।
DHS की प्रवक्ता ट्रिसिया म्याकलाफलिनले भनिन्, “कामदारको रुपमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई संरक्षण दिने उद्योगहरू अब सुरक्षित छैनन्। यस्तो गैरकानुनी रोजगार नेटवर्क अमेरिकी श्रमिक र सुरक्षाका लागि खतरा हो।”
उनले अवैध आप्रवासीहरूलाई अहिलेको “$1000 र निःशुल्क उडानसहित स्वेच्छिक देश निकाला” योजनामा सहभागी हुन आग्रह गरिन्।
स्थानीय रिपोर्टअनुसार, लगभग ३० CBP एजेन्टहरू उक्त गोदाममा पुगेर कामदारहरूलाई परिचयपत्र मागेका थिए। कागजात नभएकाहरूलाई बाँधेर भ्यानमा चढाई लगिएको थियो।
“हामीले अब कडाइ गर्नेछौं। यदि तपाईं गैरकानुनी रूपमा अमेरिका बस्नु भएको छ भने, स्वेच्छिक रूपमा जानुहोस्, नत्र पक्राउ परेर जबरजस्ती देश निकाला गरिनु हुनेछ र फर्कन पाउनुहुने छैन,” – DHS
यो छापा अमेरिकाभर फैलिँदै गएको अवैध रोजगारीविरुद्धको अभियानको हिस्सा हो।