२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ बाट डिपोर्टेसन फ्लाइट सुरु – गभर्नर डेसान्टिसको घोषणा

फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ बाट डिपोर्टेसन फ्लाइट सुरु – गभर्नर डेसान्टिसको घोषणा

फ्लोरिडा- गभर्नर राेन डेसान्टिसले शुक्रबार जानकारी दिँदै भनेका छन् कि एवरग्लेड्सको सुदूर इलाकामा रहेको आप्रवासी थुनुवा केन्द्र ‘एलिगेटर अल्काट्राज’ बाट डिपोर्टेसन फ्लाइटहरू सुरु भइसकेका छन्। उनले पछिल्ला केही दिनमै झण्डै १०० आप्रवासीहरूलाई अन्य देशहरूमा पठाइएको बताएका छन्।

डिपोर्टेसन उडानहरू होमल्याण्ड सेक्युरिटी विभागद्वारा सञ्चालित छन्। डेसान्टिसले चाँडै नै यस संख्यामा ठूलो वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।

यो केन्द्र समुद्री गोही (एलिगेटर) र अजिंगरसहितको १० वर्ग माइलको एवरग्लेड्स क्षेत्रमै ८ दिनमा निर्माण गरिएको थियो। ५० माइल पश्चिम मियामी रहेको यो ठाउँलाई अमानवीय भन्दै आलोचना भइरहे पनि डेसान्टिसले यसलाई अवैध आप्रवासनविरुद्धको कडा सन्देशका रूपमा प्रस्तुत गरेका छन्।

केन्द्रमा हाल २,००० जना थुनुवा राखिएका छन्, र यसले क्षमता दोब्बर गर्न सक्ने अधिकारीहरूको भनाइ छ। सुरक्षाका लागि २०० भन्दा बढी क्यामेरा, ८ किलोमिटर बार्ब्ड वायर र ४०० सुरक्षाकर्मी खटाइएका छन्।

संघीय सरकारले यस ठाउँको विकटता र कठोरता प्रयोग गरेर संसारलाई कडाइको सन्देश दिन खोजेको बताइएको छ।