२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

केन्टकीका किशोरले आमाको ज्यान जोगाउन खोज्दा अवैध आप्रवासीद्वारा गोली हानी हत्या

केन्टकीका किशोरले आमाको ज्यान जोगाउन खोज्दा अवैध आप्रवासीद्वारा गोली हानी हत्या

न्युयोर्क- केन्टकीका १५ वर्षीय लुइस जोक्सन नानेज लोपेजको आफ्नै घरमा हत्या भएको छ, जब उनले आमामाथि बलात्कार प्रयास गरिरहेका अवैध आप्रवासी गिल्दार्दो अमान्दोर–मार्टिनेजलाई रोक्न खोजेका थिए। मेक्सिकोका ३६ वर्षीय मार्टिनेजमाथि हत्या, बलात्कार प्रयास र आक्रमणको आरोप लागेको छ।

घटनाबारे अदालतका दस्तावेज अनुसार, मार्टिनेज एक साँझ बारबाट फर्किएपछि जबरजस्ती सम्बन्ध राख्न खोज्दा पीडित आमाले प्रतिरोध गरेकी थिइन्। छोरा लुइसले प्रहरी बोलाउने भन्ने कुरा सोधेपछि आक्रोशित मार्टिनेजले बन्दुकबाट ढोकामार्फत तीन पटक गोली चलाए, जसमा लुइसको मृत्यु भयो र बहिनी घाइते भइन्।

मार्टिनेजले बाइडेन प्रशासनको कार्यकालमा तीनपटक अमेरिका प्रवेशको प्रयास गरेकोमा तेस्रोचोटि अवैध रूपमा प्रवेश गर्न सफल भएका थिए। हाल उनमाथि ICE (अप्रवासन तथा भन्सार प्रवर्तन) ले गिरफ्तारीको लागि डिटेनर आदेश जारी गरेको छ।

गृह सुरक्षा विभागकी सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले प्रशासनको सीमापार नीतिलाई दोष दिँदै भनिन्, “यो राक्षस अमेरिका भित्रिनु खुला सीमानीतिले सम्भव भएको हो, जसले निर्दोष परिवारमाथि यस्ता जघन्य अपराध गर्‍यो।”

पीडित लुइसले यस वर्ष हाई स्कूलको दोस्रो वर्ष सुरु गर्ने तयारी गरेका थिए। यो घटनाले अवैध आप्रवासन र सीमापार सुरक्षाबारे अमेरिकी राजनीतिमा पुनः चर्को बहस जन्माएको छ।