२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ब्रुकलिनमा सामूहिक गोलीकाण्ड : ३ जनाको मृत्यु, ८ घाइते; आक्रमणकारी फरार

ब्रुकलिनमा सामूहिक गोलीकाण्ड : ३ जनाको मृत्यु, ८ घाइते; आक्रमणकारी फरार

न्यूयोर्क- न्यूयोर्क सिटीको ब्रुकलिनस्थित क्राउन् हाइट्स क्षेत्रमा रहेको “टेस्ट अफ द सिटी” लाउञ्जमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

न्यूयोर्क पुलिस विभाग (NYPD) की कमिश्नर जेसिका टिसका अनुसार आइतबार बिहान करिब ३:३० बजे विवादपछि गोली प्रहार सुरु भएको थियो। घटनास्थल पुगेका प्रहरीले २७ देखि ६१ वर्ष उमेर समूहका ११ जना गोली लागेका भेटेका थिए।

मृतकमध्ये २७ र ३५ वर्षका दुई पुरुष र एक अज्ञात उमेरका पुरुष रहेका छन्। बाँकी आठ जना स्थानीय अस्पतालमा उपचाररत छन् र उनीहरूको जीवन संकटपूर्ण नभएको बताइएको छ।

पुलिसले घटनामा धेरै आक्रमणकारी संलग्न भएको विश्वास गरेको छ तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। घटनास्थलबाट कम्तीमा ३६ वटा खोलका खोका फेला परेका छन् र एक थान बन्दुक बरामद गरिएको छ।

कमिश्नर टिसले भने, “यो वर्ष न्यूयोर्क सिटीमा गोलीकाण्डका घटनाहरू ऐतिहासिक रूपमा सबैभन्दा कम छन्। यस्तो घटना अपवाद हो तर निकै दुःखद छ। हामी अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउँछौं।”