२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

“युक्रेन र युरोपका लागि भरपर्दो र दीर्घकालीन शान्ति नै मुख्य लक्ष्य”: जेलेंस्की

“युक्रेन र युरोपका लागि भरपर्दो र दीर्घकालीन शान्ति नै मुख्य लक्ष्य”: जेलेंस्की

न्युयोर्क- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार हुने भेटवार्ताको मुख्य उद्देश्य “भरपर्दो र दीर्घकालीन शान्ति” स्थापित गर्नु रहेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा उनले लेखे, “अमेरिका, युरोप र अरू साझेदारहरूले रुसमाथि दबाब कायम गर्नुपर्छ। कसैले पनि पुटिनलाई स्वेच्छाले आक्रमण छोड्छ भन्ने अपेक्षा गर्नु हुँदैन।”

जेलेंस्कीका अनुसार, उनले युरोपेली नेताहरूसँग भेट अघि नै साझा रणनीति र धारणा समन्वय गरेका छन्।

यसैबीच, युरोपेली नेताहरू ट्रम्पसँगको भेटवार्ता महत्त्वपूर्ण हुने भन्दै वाशिंगटन पुगेका छन्, जसको उद्देश्य युक्रेन युद्धको अन्त्य “समर्पण” नभई न्यायपूर्ण शान्तिमा आधारित हुनुपर्छ भन्ने सन्देश दिनु हो।