२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्ससँग माछा मार्दा बिना लाइसेन्स समातेपछि बेलायती परराष्ट्रमन्त्रीलाई चेतावनी

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्ससँग माछा मार्दा बिना लाइसेन्स समातेपछि बेलायती परराष्ट्रमन्त्रीलाई चेतावनी

लन्डन- बेलायती परराष्ट्रमन्त्री डेविड लाम्मी अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग इंग्ल्यान्डको दक्षिणमा रहेको आफ्नो सम्पत्तिमा माछा मार्दा बिना लाइसेन्स फसेका छन्।

बेलायतको वातावरण एजेन्सीले लाम्मीलाई शुक्रवार लिखित चेतावनी दिएको हो। बेलायती कानुनअनुसार १३ वर्षभन्दा माथिका जो कोहीले पनि नदीमा माछा मार्न लाइसेन्स लिनुपर्छ।

घटनापछि लाम्मीले ढिलो गरी लाइसेन्स खरिद गर्दै आफूले ‘प्रशासनिक त्रुटि’ गरेको स्वीकार गरेका छन्। जरिवाना गरिएको भए उनलाई करिब ४ हजार डलर तिर्नु पर्ने थियो।

भान्ससँगको भेटमा उनीहरूले अन्तर्राष्ट्रिय विषयमा छलफल गरे पनि, रमाइलो त माछा मार्ने क्रममा भयो। भान्सले हाँस्दै भनेका थिए– “हाम्रो विशेष सम्बन्धमा तनाव भने यही भयो, मन्त्रीका छोराछोरीले सबै माछा समाते तर मन्त्रीले एआेटा पनि समाउन सक्नुभएन।”