२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्। उनको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना रहेको ह्वाइट हाउसले जनाएको छ।

ट्रम्पले अमेरिकाले अर्को वर्ष जी-२० सम्मेलन आफ्नो गल्फ क्लब ‘ट्रम्प नेसनल डोरल’ मा आयोजना गर्ने बताएका छन्। उनले भने, ‘यो विमानस्थलको ठीक छेउमा छ। यो सबैभन्दा राम्रो स्थान हो। यो सुन्दर छ।’ उनले सम्मेलनबाट आफ्नो पारिवारिक व्यवसायले कुनै आम्दानी नलिने र कार्यक्रमका लागि कुनै शुल्क नलाग्ने पनि बताएका छन्।

यसअघि आफ्नो पहिलो कार्यकालमा पनि उनले जी-७ शिखर सम्मेलनका लागि डोरल रिसोर्ट प्रयोग गर्ने योजना बनाएका थिए। तर, यसले उनको परिवार र व्यवसायलाई आर्थिक लाभ दिने र अमेरिकी संविधानको विरुद्ध हुने भन्दै आलोचना भएपछि उनले त्यो योजना त्यागेका थिए।