२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

लन्डन- बेलायतले नागरिक र स्थायी बासिन्दाका लागि अनिवार्य डिजिटल पहिचान कार्ड ल्याउने घोषणा गरेका छन। अब जागिर पाउन यो कार्ड अनिवार्य हुने छ।

सरकारले यसले अवैध आप्रवासन रोक्ने, भूमिगत काम नियन्त्रण गर्ने र स्वास्थ्य सेवा, कल्याणजस्ता सेवामा सजिलो पहुँच दिने दाबी गरेका छन। प्रधानमन्त्री किर स्टार्मरले यो प्रणालीले सिमाना सुरक्षित गर्ने र सामान्य नागरिकलाई फाइदा दिने बताएका छन।

तर नागरिक अधिकारकर्मीहरूले यसले व्यक्तिगत स्वतन्त्रता र डाटा सुरक्षामा खतरा पुर्‍याउने भन्दै विरोध गर्दै आएका छन। बेलायतले दोस्रो विश्वयुद्धपछि सामान्य नागरिकका लागि अनिवार्य परिचयपत्र प्रयोग नगरेको हो।

डिजिटल आइडी स्मार्टफोन नभएकाहरूका लागि पनि काम गर्ने व्यवस्था हुनेछ र यसबारे सार्वजनिक परामर्श सुरु हुने बताइएको छ।