२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

सिड्नीमा गोली हानाहान, २० जना घाइते

सिड्नीमा गोली हानाहान, २० जना घाइते

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएका छन्। प्रहरीले ६० वर्षका एक संदिग्धलाई पक्राउ गरेको छ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार घटनास्थलमा ५०–१०० राउन्ड गोली चलेको थियो। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना काँचका टुक्राबाट घाइते भएका हुन्।

अस्ट्रेलियामा हातहतियार सम्बन्धी कानुन अत्यन्त कडा भएकाले यस्ता घटनाहरू दुर्लभ मानिन्छन्।