६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकी भन्सार नीताको असर घटाउन मेक्सिकोको कूटनीतिक पहल

अमेरिकी भन्सार नीताको असर घटाउन मेक्सिकोको कूटनीतिक पहल

न्युयोर्क-  संयुक्त राज्य अमेरिकाले लागू गर्न लागेको नयाँ भन्सार शुल्क नीतिले व्यापारमा पर्ने नकारात्मक प्रभाव कम गर्न मेक्सिको सरकारले सक्रिय पहल थालेको छ।

मङ्गलबार व्यापार समन्वय परिषदको बैठकमा अर्थमन्त्री मार्सेलो एब्रार्डले भने, “हामी अमेरिकासँग सकारात्मक वार्ता गरिरहेका छौं। हाम्रो लक्ष्य भनेको मेक्सिकोका व्यापार सर्तहरू अन्य देशको तुलनामा अझ अनुकूल बनाउनु हो।”

उनका अनुसार, सन् २०२६ मा हुने संयुक्त राज्यमेक्सिकोक्यानाडा (USMCA) सम्झौताको पुनरावलोकनअघि नै दुई देशबीचका मतभेद समाधान गर्न वार्ता सुरु गरिएको छ।

मन्त्री एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ भन्सार शुल्कहरूको असर न्यूनीकरणका लागि मेक्सिकोले छुट योजना ल्याउने तयारी गरिरहेको बताए। यसले मेक्सिकन निर्यातलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

ले थपे, “नोभेम्बरसम्ममा प्रमुख समस्या समाधान गर्ने हाम्रो लक्ष्य हो।”