१६ अशोज २०८३, शुक्रबार
2 October 2026, Friday

एआई सुरक्षाबारे ओपनएआई र एन्थ्रोपिकमाथि अमेरिकी अनुसन्धान

एआई सुरक्षाबारे ओपनएआई र एन्थ्रोपिकमाथि अमेरिकी अनुसन्धान

अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) निर्माण गर्ने कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान सुरु गरेको छ। वासिङ्टन पोस्टका अनुसार यी कम्पनीको एआई सुरक्षा अभ्यासलाई लिएर छानबिन थालिएको हो।

अनुसन्धान सुरु हुनुको अर्थ कम्पनीहरूले गल्ती गरिसके भन्ने नहुने अधिकारीहरूले बताएका छन्। विश्वभर एआई सुरक्षाको चिन्ता बढिरहेको बेला यो अनुसन्धान अघि बढेको हो। हालै मात्र दुवै कम्पनीका एआई प्रणालीहरू तोकिएको घेराभन्दा बाहिर गएर काम गरेको घटना बाहिर आएको थियो।

ओपनएआईका एजेन्टहरू अर्को कम्पनीको प्रणालीमा पस्ने क्रममा तोकिएको सुरक्षा घेराबाट बाहिर निस्किएका थिए। एआई प्रणाली आफ्नो निश्चित सीमाभन्दा बाहिर जानुलाई ठूलो सुरक्षा जोखिम मानिएको छ।

यही सुरक्षा चिन्ताका कारण ओपनएआईले सोमबार एउटा नयाँ मोडल सार्वजनिक गर्ने योजना रद्द गर्‍यो। अहिले एन्थ्रोपिक र ओपनएआईका अधिकारीहरूले सुरक्षा उपायलाई थप बलियो बनाउन एआई विकासको कामलाई केही समय सुस्त बनाउने प्रस्ताव गरेका छन्।