१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

ट्रम्पद्वारा एआईको नाम ‘सुपर इन्टेलिजेन्स’ राख्ने आदेश

ट्रम्पद्वारा एआईको नाम ‘सुपर इन्टेलिजेन्स’ राख्ने आदेश

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कडा नियम नल्याउने स्पष्ट पारेका छन्। मंगलबार ह्वाइट हाउसमा प्रविधि क्षेत्रका ठूला कम्पनीका प्रमुखहरूसँगको छलफलमा उनले कम्पनीहरू आफैँले सुरक्षा र नियमनमा ध्यान दिनुपर्ने बताए।

कडा सरकारी नियम लगाउँदा प्रविधिको विकास रोकिने र यसमा चीन अगाडि बढ्न सक्ने ट्रम्पको भनाइ छ। भेटमा इलन मस्क, मार्क जुकरबर्ग, साम अल्टम्यानलगायत करिब २० जना प्रविधि कम्पनीका प्रमुख सहभागी थिए। उनीहरूले प्रविधिको सुरक्षा र निगरानी आफैँले गर्ने विषयमा ह्वाइट हाउसमा एक सम्झौतामा हस्ताक्षर पनि गरे।

सोही क्रममा ट्रम्पले एआईको नाम परिवर्तन गरेर ‘सुपर इन्टेलिजेन्स’ राख्ने आदेशमा हस्ताक्षर गरे। यसका साथै उनले नागरिकलाई सबै सरकारी जानकारी र सुविधा एउटै ठाउँबाट सजिलै दिन ‘अमेरिका डट गभ’ नामको नयाँ वेबसाइट पनि सार्वजनिक गरे।