२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

अब दैनिक एक हजार राहदानी उपलब्ध हुने

अब दैनिक एक हजार राहदानी उपलब्ध हुने

काठमाडौं- राहदानी विभागले अबदेखि दैनिक एक हजार थान राहदानी वितरण गर्ने जनाएको छ।

विभागका अनुसार सार्वजनिक बिदा बाहेक हरेक दिन साँझदेखि राहदानी वितरण सुरु हुनेछ। नयाँ आपूर्तिकर्तासँगको सम्झौता अनुसार फागुन ११ बाट नयाँ प्रणाली लागू हुँदैछ।

अहिले नयाँ र पुरानो आपूर्तिकर्ताबीच ह्याण्डओभर–टेकओभर प्रक्रिया चलिरहेको र राहदानी पुस्तिकाको सीमितता तथा बढी मागका कारण केही समस्या आएको विभागले बताएको छ।

विभागले अहिलेका लागि अत्यावश्यक कारण भएका सेवाग्राहीले मात्र राहदानीको आवेदन दिन आग्रह गर्दै अनधिकृत व्यक्तिबाट ठगी हुन नदिन सतर्क रहन भनेको छ।