६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

एलन मस्क खर्बपति बन्ने बाटोमा, टेस्ला सेयरधनीले रेकर्ड तलब योजना पास गरे

एलन मस्क खर्बपति बन्ने बाटोमा, टेस्ला सेयरधनीले रेकर्ड तलब योजना पास गरे

टेक्सास- टेस्लाका सेयरधनीहरूले सिइओ एलन मस्कका लागि रेकर्ड तलब प्याकेज स्वीकृत गरेका छन्, जसले उनलाई विश्वको पहिलो खर्बपति बनाउन सक्छ।

वार्षिक सेयरधनी बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित योजना पक्षमा मतदान गरे। मस्कले धन्यवाद दिँदै यो समर्थनप्रति कृतज्ञता व्यक्त गरे।

नयाँ योजनाअनुसार, यदि टेस्लाले ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्‍यो भने मस्कलाई करिब १० खर्ब डलर बराबरका सेयरहरू मिल्नेछन्। अहिलेको मूल्यबाट टेस्लाको सेयर करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ।

यो सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिएको छ। तर टेस्ला हाल सुस्त बजार र प्रतिस्पर्धाको कारण बिक्री घट्ने चुनौतीमा छ।