२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

जर्मनीमा सिरियाली आप्रवासी आधा घटे

जर्मनीमा सिरियाली आप्रवासी आधा घटे

बर्लिन – सन् २०२५ को पहिलो नौ महिनामा जर्मनी पुग्ने सिरियाली आप्रवासीको सङ्ख्या ५० प्रतिशतले घटेको छ। जर्मन तथ्याङ्क कार्यालय डेस्टाटिसका अनुसार यो वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म करिब ४० हजार सिरियाली जर्मनी पुगे, जुन अघिल्लो वर्षको सोही अवधिमा ७४ हजारभन्दा बढी थियो।

उता, जर्मनी छोड्ने सिरियालीहरू भने बढेका छन्। पहिलो नौ महिनामा करिब २२ हजारले स्वदेश फर्किएका छन्, जुन गत वर्षको तुलनामा ३५ प्रतिशत बढी हो।

जर्मन चान्सलर फ्रेडरिक मर्जले भने, सिरियामा गृहयुद्ध सकिएको र अब त्यहाँका नागरिकलाई जर्मनीमा शरण दिनुपर्ने कारण नरहेको बताए।