२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

एनपिएल उद्घाटन खेल : जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेल : जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो। जनकपुरका आसिफ शेखले ५४ रन, मयन यादवले ३४ रन र लाहिरु समारकूनले २२ रनको योगदान दिए।

जवाफमा काठमाडौँले १८ ओभरमै लक्ष्य पूरा गर्‍यो। बेन चाल्र्सवर्थले २३ बलमा ५ चौका र ३ छक्का सहित ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे। मिलिन्द कुमारले ३ विकेट लिए।

यसअघि पहिलो संस्करणमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले हराएको थियो।

प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ। विजेताले रु १ करोड १० लाख, उपविजेताले रु ५१ लाख, तेस्रो हुनेले रु २५ लाख र चौथो हुनेले रु १५ लाख पुरस्कार पाउनेछन्।

मङ्गलबारको खेलमा चितवन राइनोजले कर्णाली याक्ससँग खेल्नेछ भने विराटनगर किङ्सले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।