२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

बारामा स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु ’ जारी

बारामा स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु ’ जारी

काठमाडौं- बाराको सिमरामा जेन्जी समूहले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु’ आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना रोक्न कर्फ्यु लगाइएको बताए। नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार दिउँसो १२:३० देखि राति ८:०० बजेसम्म कर्फ्यु जारी गरिएको थियो।

आज पनि बिहानैदेखि सिमरा चोकमा पुनःप्रदर्शन भएपछि प्रशासनले दिउँसो १:०० बजेदेखि राति ८:०० बजेसम्म कर्फ्यु आदेश लागू गरेको हो।

प्रजिअ मिश्रले जेनजीलाई बार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।