२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

न्यूयोर्क – उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकामा सवारीसाधन बिक्रीमा ठूलो गिरावट आएको छ। उपभोक्ताहरू साना तथा प्रयोग भएका गाडीप्रति बढी आकर्षित भइरहेका छन्।

विद्युतीय सवारीसाधन बजारमा पनि कर छुट समाप्त भएपछि खरिदकर्ताहरूले हजारौँ अर्डर रद्द गरेका छन्। यसले उद्योगमा थप दबाब सिर्जना गरेको छ।

अमेरिकी प्रशासनले आयातित सवारीसाधनमा २५ प्रतिशत र सवारी पाट्र्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको कारण स्वदेशमै बनेका गाडी पनि महँगा भएका छन्।

फेडेरल रिजर्भको बेइज पुस्तकले उपभोक्ता खर्च निरन्तर घटिरहेको देखाएको छ भने मिशिगन विश्वविद्यालयको सूचकाङ्कले नागरिकहरू रोजगार अवसरप्रति निराश भई खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ।