६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

चन्द्रमा जाने ऐतिहासिक यात्रा: नासाको आर्टिमिस-२ को अन्तिम तयारी पूरा

चन्द्रमा जाने ऐतिहासिक यात्रा: नासाको आर्टिमिस-२ को अन्तिम तयारी पूरा

न्युयोर्क- नासाले ५० वर्षभन्दा बढी समयपछि मानवलाई चन्द्रमाको नजिक पुर्‍याउने आर्टिमिस-२ अभियानको अन्तिम तयारी लगभग सिध्याएको छ। फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा अहिले विशाल ‘एसएलएस’ रकेट र ‘ओरियन’ यानलाई लन्चिङ प्याडमा ठड्याइएको छ। सबै कुरा योजना अनुसार अघि बढेमा आउँदो फेब्रुअरी ६ (२०२६) मा यो ऐतिहासिक रकेट अन्तरिक्षतर्फ उड्नेछ।

अहिले इन्जिनियरहरू रकेटमा इन्धन भर्ने र अन्तिम जाँच गर्ने काममा व्यस्त छन्। कमान्डर रीड वाइजम्यानको नेतृत्वमा भिक्टर ग्लोभर, जेरेमी ह्यान्सन र क्रिस्टिना कोच चन्द्रमाको फन्को लगाउन जानेछन्। यो मिसन सफल भएमा क्रिस्टिना कोच चन्द्रमाको यात्रा गर्ने विश्वकै पहिलो महिला बन्नेछिन्। १० दिन लामो यो यात्रामा उनीहरू चन्द्रमामा ओर्लने छैनन्, बरु वरिपरि घुकेर यानको सुरक्षा प्रणाली जाँच्नेछन्। यो मिसन सफल भएपछि मात्रै सन् २०२७ मा मान्छेलाई चन्द्रमाको सतहमा ओराल्ने आर्टिमिस-३ को बाटो खुल्नेछ। अहिले ती चारैजना यात्रीहरूलाई सुरक्षित क्वारेन्टाइनमा राखिएको छ।