जेनजी आन्दोलन: दबाबपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकार
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटना र क्षतिको छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ।
फागुन २१ गते प्रतिनिधिसभा चुनाव सकिएलगत्तै आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। तर, प्रतिवेदन सार्वजनिक गर्न सरकारले ढिलाइ गरेको भन्दै अहिले देशका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ।
सुरुमा सुशीला सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मा नयाँ बन्ने सरकारलाई छोड्ने सोच बनाएको थियो। तर चौतर्फी दबाब बढेपछि सरकार आफैँले यसलाई सार्वजनिक गर्न लागेको हो। यो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई दोषी देखाइएको चर्चा छ।