६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराएका हुन्।

ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसकेका थिए। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार नयाँ चुनिएका सांसदहरूले कार्यभार सम्हाल्नुअघि शपथ लिनुपर्ने कानुनी व्यवस्था छ।

शपथ ग्रहणसँगै अब नयाँ प्रतिनिधिसभाको बैठक बस्ने र सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। निर्वाचनमा ठूलो जनमतसहित रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ।