२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नयाँ सरकारलाई रचनात्मक सहयोग गर्छौँ: प्रचण्ड

नयाँ सरकारलाई रचनात्मक सहयोग गर्छौँ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ बन्ने सरकारलाई आफ्नो पार्टीको सकारात्मक र रचनात्मक सहयोग रहने बताएका छन्।

बिहीबार संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिए। उनले सरकारले गर्ने राम्रा र जनताका पक्षका काममा आफ्नो दलले साथ दिने स्पष्ट पारे।

सोही क्रममा उनले जनयुद्ध र जनआन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनबारे पनि टिप्पणी गरे। उनले उक्त प्रतिवेदनको अध्ययन भइरहेको जानकारी दिए। हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सबैका लागि खुसीको कुरा भएको भन्दै उनले लोकतन्त्रको सुदृढीकरणमा जोड दिए।