६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई अमेरिकाको बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई अमेरिकाको बधाई

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। शुक्रबार प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै अमेरिकाले शाहलाई बधाई दिएको हो।

काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरेको छ। दूतावासले नेपाल र अमेरिकाबीचको दशकौँ लामो सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा समेत व्यक्त गरेको छ।

अमेरिकी दूतावासले जारी गरेको सन्देशमा नेपालसँगको आपसी समृद्धि र क्षेत्रीय स्थिरता प्रवर्द्धनका लागि नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका इच्छुक रहेको उल्लेख छ। नयाँ नेतृत्वसँगै दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धले नयाँ उचाइ लिने विश्वास अमेरिकाले लिएको छ।