२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

जेन–जी आन्दोलनका घाइतेलाई भेट्न केएमसी पुगे गृहमन्त्री, निःशुल्क उपचार गर्ने डा. शर्मालाई धन्यवाद

जेन–जी आन्दोलनका घाइतेलाई भेट्न केएमसी पुगे गृहमन्त्री, निःशुल्क उपचार गर्ने डा. शर्मालाई धन्यवाद

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर जेन–जी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बिहीबार राति त्रिभुवन विमानस्थलको निरीक्षण सकेलगत्तै उनी घाइतेलाई भेट्न सिधै अस्पताल पुगेका हुन्।

केएमसीका सञ्चालक तथा पूर्वसांसद डा. सुनिल शर्माले आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गरिरहेका छन्। धेरैजसो घाइतेको निःशुल्क उपचार गरेर सहयोग गरेको भन्दै गृहमन्त्री गुरुङले डा. शर्मालाई भेटेरै धन्यवाद दिए।

अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरू उपचारपछि घर फर्किसकेका छन्। तर, अझै होसमा नआएका केही घाइतेलाई भने अस्पतालमै राखेर निःशुल्क उपचार गरिरहेको डा. शर्माले बताए।