२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरानले खसाल्यो अमेरिकी लडाकु विमान, शत्रुको भूमिबाट यसरी बाँचे पाइलट

इरानले खसाल्यो अमेरिकी लडाकु विमान, शत्रुको भूमिबाट यसरी बाँचे पाइलट

न्युयोर्क – अमेरिका र इरानबीचको युद्ध पाँचौँ हप्तामा पुगेको छ। यसैबीच इरानले अमेरिकाका एफ–३५, एफ–१५ लडाकु विमान र एउटा हेलिकोप्टर खसालेको दाबी गरेको छ।

विमान खस्दा दुई अमेरिकी पाइलट इरानको भूमिमा फसेका थिए। तर, अमेरिकाले राति नै एक जना पाइलटलाई सकुशल उद्धार गरेको छ भने अर्का पाइलटको अझै खोजी भइरहेको छ।

मिसाइल आक्रमणबाट विमान ध्वस्त हुँदा पनि पाइलट कसरी बाँचे भन्ने धेरैको चासो छ। खासमा अमेरिकाले आफ्ना पाइलटलाई यस्तो खतरनाक अवस्थामा बाँच्न ‘शेरे’ (SERE) नामको विशेष तालिम दिन्छ। यसको अर्थ शत्रुबाट बच्ने, लुक्ने, आवश्यक परे लड्ने र भाग्ने हो।

विमानमा आक्रमण हुनुभन्दा ठीक अघि पाइलटले ‘इजेक्सन सिट’ मार्फत आफूलाई विमानबाट बाहिर निकाल्छन्। उनीहरूसँगै हुने विशेष किट र ज्याकेटले शत्रुको इलाकामा लुक्न र सुरक्षित रहन मद्दत गर्छ।