बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, ४ सैनिकको मृत्यु
- १३ कार्तिक २०८३
- १ मिनेटको पढाई
युरोपेली सङ्घको शान्ति मिसनअन्तर्गत बोस्नियामा खटिएको इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा ४ जना सैनिकको ज्यान गएको छ। यस घटनामा अन्य ११ जना घाइते भएका छन्।
नियमित सैन्य अभ्यास गर्ने क्रममा ब्रस्को नजिकै उक्त हेलिकप्टर दुर्घटनामा परेको हो। घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै उद्धार टोली पुगेर घाइतेलाई अस्पताल लगेका थिए। दुर्घटनाबाट सर्वसाधारण र अन्य भौतिक संरचनामा कुनै क्षति नपुगेको बताइएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार र घाइतेप्रति समवेदना प्रकट गरेकी छन्। उनले शान्ति मिसनमा खटिएका सबैप्रति सहानुभूति पनि जनाएकी छन्।