६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

काठमाडौं- प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच उनले शपथ लिएका हुन्।

आइतबार नै बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। सभामुख पदमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध छानिएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल लगायत मन्त्री र अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।